समय : ०७:०० pm | आइतबार , भाद्र २८ गते २०८३

नेपाल आदिवासी जनजाति पत्रकार ताप्लेजुङको अध्यक्षमा दिलकुमार फेम्बु लिम्बू,

सेवालुङ खवर | पौष २४ गते २०८१

ताप्लेजुङ,पुस २४/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ताप्लेजुङको बुधवार सम्पन्न छैटौं जिल्ला अधिबेशनले दिलकुमार फेम्बो लिम्बू अध्यक्ष रहेको कार्य समिति सर्वसम्मत चयन गरेको छ ।फोनिज ताप्लेजुङको उपाध्यक्षमा उदय खुदाङ,सचिवमा मनमाया(मनु)मावो लिम्बू,सहसचिवमा रञ्जना गुरुङ र कोषाध्यक्षमा शंकर शेर्पा चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा बसन्त लाबुङ लिम्बू,दाखण्डु शेर्पा,तुलसी राई र फुर्वा शेर्पा चयन हुनु भएको छ । अधिबेशनले संघीय प्रतिनिधिहरुमा माला पालुङ्वा,दिनेश लिङखिम र तेञ्जिङ शेर्पालाई चयन गरेको छ । प्रादेशिक प्रतिनिधिहरुमा कृष्ण फुरुम्बो लिम्बू,गंगा लिङखिम,सहारा लङ्वा,सूर्यप्रसाद लिम्बू(आलोक) र सूर्य गुरुङलाई चयन गरिएको छ ।यसअघि फोनिजको जिल्ला अधिबेशनको केन्द्रीय लेखा आयोग समिति संयोजक चन्द्र पन्दाक(प्रयास)ले अधिबेशनको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा फोनिजका केन्द्रीय अनुशासन आयोग सदस्य तथा पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,प्रेस युनियनका जिल्ला अध्यक्ष सन्तोष पुर्कुटी,प्रेस चौतारीका जिल्ला उपाध्यक्ष मदन गौतम,प्रेस सेन्टरका जिल्ला अध्यक्ष जीवन कालिकोटे सहितले अधिबेशन सफलताको शुभकामना दिनु भएको थियो ।कार्यक्रममा बोल्ने अधिकाँस वक्ताहरुले सञ्चारकर्मीहरुको क्रियाशिलताले व्यवसायिक दक्षता पाउने भएकोले यसमा ध्यान दिएर अघि बढ्न सल्लाह दिनु भएको थियो । पत्रकारको पेशागत विकास र व्यवसायिक दक्षताका लागि क्रियाशिलता संगै सामूहिक एकतामा समेत जोड दिईएको थियो । फोनिजका जिल्ला उपाध्यक्ष तेञ्जिङ पाङ्कर्मा शेर्पाले स्वागत मन्तव्य व्यक्त गरेको अधिबेशनको उद्घाटन कार्यक्रम फोनिजका जिल्ला अध्यक्ष दिनेश लिङखिमको अध्यक्षतामा सम्पन्न भएको थियो । साभारः उज्यालो पोष्ट खगेन्द्र अधिकारी

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्