ताप्लेजुङ,/ताप्लेजुङमा चार हजार भन्दा बढी विद्यार्थीहरुको मुटु परीक्षण गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले फुङ्लिङ बजार नगरपालिका भित्रका विद्यार्थीहरुको मुटु परीक्षण गरेको हो । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले पुष १६ गते मंगलबार एकदिने शिविर सञ्चालन गरेको थियो । शिविर सञ्चालनमा फुङ्लिङका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मुटु परीक्षण गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जनाएको छ । फुङ्लिङ नगरपालिका भित्रका ३९ वटा विद्यालयमा अध्ययनरत चार हजार २४७ जना विद्यार्थीको मुटु परीक्षण गरिएको ताप्लेजुङ शाखा प्रतिष्ठानले बताएको छ ।उक्त शिविरमा मुटु परीक्षण गरिएको कुल संख्यामध्ये ३३ जनामा मुटुको समस्या भेलिएको र जसमा मुटु सम्बन्धी गम्भीर समस्यामा परेका १० जना विद्यार्थीको शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएको त्यस्तै १० जनाले नियमित औषधि सेवन गर्नुपर्ने समस्या र १३ जना विद्यार्थीको एक वर्ष पछि पुनः मुटु परीक्षण गर्नुपर्ने देखिएको प्रतिष्ठानका मुटुरोगि विशेषज्ञ चिकित्साहरुले बताएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखाको समन्वयमा फुङ्लिङको भानुजन उच्च माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय र युवावर्ष माध्यमिक विद्यालयमा एकै दिन शिविर सञ्चालन भई विद्यार्थीहरुको मुटु परीक्षण गरिएको र फुङ्लिङका सामूदायिक विद्यालय कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको मुटु परीक्षण भएको थियो । एकदिने शिविर सञ्चालनमामा मुटुरोग वरिष्ठ विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो । शिविरमा शल्यक्रिया गर्नेगरी मुटुको रोगी पहिचान भएका बालबालिकाको प्रतिष्ठानले निःशुल्क शल्यक्रिया सहित उपचारमा सहयोग गर्ने पनि ताप्लेजुङ शाखा प्रतिष्ठानका सचिव कमलप्रसाद भट्टराईले बताउनु भयो । फोटो तस्विर कमलप्रसाद भट्टराइको फेसबुक पेज बाट,साभार

फोटो:तस्विर कमलप्रसाद भट्टराइको फेसबुक पेज बाट साभार,








