झापा/ दमक २०८१ मंसिर २५ गते झापाको दमक ६ लाट्टेआर्ट क्याफेमा किरात याक्थुङ चुम्लुङ् र कमल गाउँपालिकाको समन्वयमा चासोक तङनाम २०८१ कार्यक्रमका लागी पत्रकार सम्लेन गरेको छ । चासोक तङनाम २०८१ को कार्यक्रम किरात याक्थुङ चुम्लुङ् र कमल गाउँपालिकाको समन्वयमा चासोक तङनाम आयोजनामा गरिने भएको छ । उक्त चासोक तङनामको कार्यक्रममा देबेन्द्र चेम्जङले सम्मेलनको सभाअध्यक्ष गर्नु भएको थियो । झापा जिल्ला ईकाई कमिटी र भाषा,धर्म,संस्कृति बचाउ अभियान,कासाथै येले तङवे ५०८४ प्रसार–प्रसार लागी गरिने भएको हो । चासोक तङाम कार्यक्रममा विवीध सांस्कृति कार्यक्रम पनी गरीने भएको छ ।मंसिर ३० गते सांस्कृतिक कार्यक्रममा भारत सिक्किम नियारा प्रोडक्सनका प्रतिमा राई र नेपालका राष्ट्रिय चर्चित कलाकार प्रमुख अतिथी यासेली यङयहाङ, निरन्ता नेम्बाङ,कुशल थलङ,यादेन शेर्मा,देवेन चेम्जङ,जिवन केदेम हरुको वेजोड प्रस्तुती रहने याक्थुङ स्टार संचार विभागका निश्चल चेम्जङ याक्थुङसाले बताएका छन् ।


फोटो:तस्विर निश्चल चेम्जङ याक्थुङ सा,








