ताप्लेजुङ – ताप्लेजुङमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । कञ्चनजंघा बेस क्याम्पतर्फ ट्रेकिङका लागि जाने क्रममा फक्ताङलुङ गाउँपालिका ६ मा माथिबाट खसेको सुख्खा पहिराले पुरिएर एक युवकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिबेक बस्नेतका अनुसार पहिरोमा परि संखुवासभाको सिलिङचोङ गाउँपालिका ५ का ४० वर्षिय टिका बहादुर राईको मृत्यु भएको छ । उनको आज बिहान करिब साढे ९ बजे घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ३ जना जापानिज नागरिक, १३ जना भरिया र १ जना गाईड सहित १८ जनाको समुह बेस क्याम्पतर्फ जाने क्रममा पहिरोमा परि राईको मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतको भनाई छ । राईलाई पहिरोले पुर्नसाथ लुङथुङ प्रहरी चौकीलाई जानकारी गराइएको थियो । थप अनुसन्धान तथा कानूनी प्रक्रिया पुरा गर्नका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोलि घटनास्थलतर्फ प्रस्थान गरेका छन् । साभार:-रेडियो तमोर बाट,
ताप्लेजुङमा पहिरोले पुरिएर एक जनाको मृत्यु








