ताप्लेजुङ,ताप्लेजुङमा मुक्कुम्लुङ(पाथीभरा)केवलकार खारेजी संघर्ष समितिले बुधवार सदरमुकाम फुङलिङमा मुन्धुमी मुक्कुम्लुङमा आदिबासी कलाप्रतिरोध प्रदशन गरेको छ । भदौ २६गते बुधबार दिउसो १बजे बाट मुक्कुम्लुङमा आदिबासी कला प्रतिरोध प्रदशनमा सांस्कृतिक,यालाङ,केलाङ,पालाम,भाकी निृत्य साथै विभिन्न कलाहरु प्रदशन गरीएको थियो । किराँत याक्थुङ चुम्लुङबाट आउनु भएका कलाकर्मीहरु सुवास तामाङ,सपना नेपाली,मनरा प्रजापति,दिक्षा राई,सोनाम चाम्लिङ,पुनम लिम्बू तथा अनुसन्धान तथा नागरिक अभियान्ता गोविन्द छन्त्याल,निरन्ती तुम्बापो,कैलाई राई सहितका कला कर्मीहरुले पाथीभरा क्षेत्रमै गएर तयार पारेका चित्र सहित प्रर्दशन गरेका थिए । कलाकर्मीहरुले पाथीभरामा केवलकार बनाउन नहुने,प्रकृतिको बिनास गर्न नहुने,रुख कटान गर्न नहुने सहितका चित्रहरुपनी कुँदेका थिए । प्रर्दशनका क्रममा ‘केवलकार चाँहिदैन,जस्ता मुन्धुमी स्थल अतिक्रमण गर्न पाँइदैन,गो ब्याक केवलकार सहितका नाराहरु प्रर्दशनकारी हरुले लागाएका थिए । प्रर्दशनका क्रममा पहिचान पक्ष धरहरुका नेता सहित, अन्य सहभागितामा ८०० जनाका उपथिती रहेको चुम्लुङका सचिव सरोज कङलिवा ले बताएका छन् । केहि दिन अघि मात्रै फुङलिङमा केवलकार निर्माण प्रकृया तत्काल अघि बढाउनुपर्ने भन्दै युवाको साथ रहेको युवाहरुले मोटर साइलकल ¥याली प्रर्दशन पनी गरेको थियो ।



फोटो:-बसन्त लाबुङ लिम्बू,








