समय : ०४:३६ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा अरिङ्गालले चिल्दा एक युवकको मृत्यु,

सेवालुङ खवर | भाद्र २५ गते २०८१

ताप्लेजुङ,भदौ २५ गत चारदिन अघि अरिङ्गालले चिल्दा घाइते ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारका क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रबि रावलका अनुसार उहाँको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । उहाँलाई चारदिन अघि आफ्नै अलैंची बगान सफा गर्ने क्रममा अरिङ्गालले चिलेको थियो ।अचेत अवस्थामा रहनु भएका उहाँलाई उपचारका लागि सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोक स्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा थप उपचारका लागि पाँचथरको फिदिम अस्पताल लगिएको थियो । त्यहाँपनि उपचार सम्भव नभएपछि बिर्तासिटी अस्पताल लगिएको उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । दीपेनलाई ५०–६० वटा अरिङ्गालले चिलेको थियो । साभार उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्