समय : ११:४६ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङको मिक्वाखोला–५,पापुङ अवस्थित तोक्पेगोलामा महोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

सेवालुङ खवर | भाद्र १ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङको पर्यटकीय क्षेत्र मिक्वाखोला– ५,पापुङ अवस्थित तोक्पेगोलामा गत श्रावण २५ देखी सुरु भएको महोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव २०८१ समुद्री सतह देखी ३ हजार ७ सय ४७ मिटर उचाइमा रहेको ताप्लेजुङको पर्यटकीय क्षेत्र मिक्वाखोला–५,तोक्पेगोलामा गत श्रावण २५गते देखी सुरु भएको थियो । महोत्सवमा विविध कार्यक्रममा खुल्ला वडा स्तरीय पुरुष भलिबल, पुरुष म्याराथन, पारास्यो खेल प्रतियोगिता भएको थियो । खुल्ला वडा स्तरीपुरुष भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका– १ झापाले जित्न सफल भएको छ । म्यारथन प्रतियोगितामा मैवाखोला गाउँपालिका वडा नं. ६ का प्रकाश लिम्बू प्रथम भएको थियो । शेर्पा जातीमा आधारित स्याब्रु नाच ताप्लेजुङका स्थानीय कलाकार हरुको नृत्य प्रस्तुती समेत गरेको थियो ।उक्त महोत्सव विविध कार्यक्रममा जिल्लाका प्रमुख लगायत स्थानीय जनप्रतिनिधी,सुरक्षा प्रमुख लगायत स्थानीय सञ्चार कर्मीहरूको उपस्थिति रहेको थियो । महोत्सवलाई सफल पार्न सहयोग गर्ने सहयोग दाता एवं सम्पूर्ण उपस्थित महानुभावहरूलाई महोत्सव मुल आयोजक समितिले बताएको थियो । महोत्सवको आयव्यय छिटै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने आर्थिक संयोजक विभागले बताएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्