समय : ११:४६ am | शनिबार , भाद्र २७ गते २०८३

फक्ताङलुङ् गाउँपालिकामा पहिरोले घुन्साखोला माथिको झोलुङ्गे पुल बगायो,

सेवालुङ खवर | श्रावण ३१ गते २०८१

ताप्लेजुङको फक्ताङलुङ् गाउँपालिकामा कञ्चनजंघा आधार शिविर जाने प्रमुख पर्यटकीय मार्गको इलिफुक भन्ने स्थानमा गएको पहिरोले घुन्साखोला माथिको झोलुङ्गे पुल बगाएको छ । प्रमुख पर्यटकीय मार्गको इलिफुक भन्ने स्थानमा झोलुङ्गे पुल बगाएर बाटो क्षतविक्षत भएपछी घुन्सा र आधार शिविरतर्फ जाने पदमार्ग अबरुद्ध भएको छ । पहिरोले पुरेको पुरानो पदमार्ग नबनिए सम्म तत्कालै घुन्सातर्फ आवतजावत गर्न नसकिने कञ्चनजंघा आधार शिविर पाङपेमा घुन्सा हुँदै जाने हो भन्दै त्यहाँका स्थानीय हरुले बताएका छन् । पहिरोले फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेप सेकाथुमका थाक्चे शेर्पाले होटल तथा पसल सञ्चालन गर्दै आएका दुईवटा घर पुरेर कहाँ पुग्यो भन्ने पत्तो भएको भने छैन । उहाँको करिव ६ मन जति फल्ने अलैंची बारी समेत पहिरोले बगाएको र शेर्पाको घर र पसलको अन्दाजी मूल्य मात्र २६ लाखमा बढी क्षति भएको लेलेप लुङथुङ प्रहरी चौकीले जनाएको छ ।

तस्विर:-सामाजिक संजाल बाट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्