समय : ११:४६ am | शनिबार , भाद्र २७ गते २०८३

मैवाखोला गाउँपालिकाका अध्यक्ष पहिरोबाट बच्न सफल

सेवालुङ खवर | श्रावण २९ गते २०८१

गत साउन २७ पहिरोको जोखिममा परेका पीडितलाई भेटेर फर्कने क्रममा मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम पहिरोबाट भाँगेर बच्न सफल हनुभएको छ । मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुबाट फर्कने क्रममा उनको मोटर साइकल सवारी पहिरोले पुरेको छ ।त्यसै आफू र चालक भने भागेर बाँचेको अध्यक्ष वनेमले बताएका छन् । उहाँ वडा नं १ हाल निवासी एकल महिलाको घर पहिरोको जोखिममा परेको सूचना थाहा भपएछी अध्यक्ष वनेम त्यसतर्फ गएका थिए । सुरक्षा निकाय र स्थानीय समेत भेला भएर उक्त महिलालाई सुरक्षित स्थानमा सारिएको थियो । मोटर साइकलमा गाउँपालिका फर्कदै गर्दा वडा नं २ को पञ्चमी भन्ने गाउँको सडकमा गुडिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । ढुंगाहरुको कारण अगाडि बड्न ठाउँ नभएपछि ‘पन्साउँदा पन्साउँदै माथिबाट पहिरो झरेको थियो । ड्राइभरलाई तानेर तल्लोपट्टि हाम फालेकोले गर्दा बाँच्न सफल भएको अध्यक्ष वनेमले बताएका छन् । माथिबाट झरेको पहरोले मोटर साइकलमा भने क्षति पुगेको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्