समय : ११:४६ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव सुरु

सेवालुङ खवर | श्रावण २६ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव–२०८१ सञ्चालन शुक्रबारदेखि भएको छ । गन्तव्य स्थल तोक्पेगोलामा चार दिने तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव शुक्रबारदेखि सञ्चालन भएको छ । मिक्वाखोला गाउँपालिका तथा हिमाली तोक्पेगोला युथ क्लबको आयोजनामा महोत्सव सञ्चालन भएको हो । पर्यटकीय सम्भावना बोकेको तोक्पेगोला क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने साथै बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको छ । साउन २८ गते सोमबार सम्म सञ्चालन हुने र पर्यटन तथा चौँरी महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रम,साथै खेलकुद लगायतका गतिविधिहरु रहने छन् । तोक्पेगोला पापुङमा बसोबास गर्दै आएका सिमान्तकृत ढोक्प्या समुदायको मौलिक संस्कृति प्रदर्शन महोत्सवको आकर्षणको रुपमा रहने छ । यहँको क्षेत्रमा रहेको सोदु पोखरी, भूत पोखरी, र तीन पोखरी दर्जनौ पोखरी तथा ताल तलैयाको भ्रमण अवलोकन गर्न पाइने भएको छ । यहाँको नागी,मैदान, हिमाली पशु,चौपायाका रुपमा रहेको याक तथा चौँरी, भेडी, दूर्लभ रेडपान्डा (हाब्रे), डाँफे, मुनाल,जस्ता जीव जनावरको प्रत्यक्ष अवलोकन गर्न पाइने तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव आयोजकले जनाएको छ । यस क्षेत्रलाई थप प्रचार–प्रसार पर्यटन प्रवर्द्धन गरी गतिलो पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताएका छन् । त्यस्तैगरी पुरुष भलिबल प्रतियोगिता, खुला हाफ म्याराथन र तिब्बतीयन संस्कृतिमा आधारित प्यारासो प्रतियोगिता सञ्चालन हुने भएकोछ । तोक्पेगोला महोत्सवमा एक हजार भन्दा बढीले सहभागिता जनाउने अपेक्षा राखिएको मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु शेर्पा लामाले जानकारी गराएका छन् । चार दिने तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवमा गाउँपालिकाले स्थानीय विदा दिएको छ । महोत्सवमा चार दिनसम्म विदाहुने गाउँपालिका कार्यालय, पालिकाका पाँच वटै वडा कार्यालयका अत्यावश्यक काम बाहेक सबै सेवा बन्द रहने छ ।उक्त महोत्सवलाई सफल गराउन साथै सम्पन्न गर्न सिङ्गो गाउँपालिका नै सहभागीता हुनपरेकोले गर्दा स्थानीय विदा गराएको गाउँपालिकाले बताएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्