केहिदिन यता ०४/०४/२०८१ को रात अविरल बर्षाको कारण फक्ताङ्लुङ गाउँ पालिका अरिपरी र नजिकैको वडाहरुमा बाढी पहिरोले क्षती पुर्याएको थियो । र जोखिमयुक्त ठाँउहरुको नागरिकहरुलाइ सुरक्षीत ठाउमा अस्थाई बासको लागि स्थानीय सरकार र नेपाल रेड्क्रस सोसाइटी ताप्लेजुङको राहत नागरिकमा वितरण जारी रहेको फक्ताङ्लुङ गाउँ पालिकाले जनाएको छ । जोखिमयुक्त ठाँउहरुको नागरिकहरुलाइ सुरक्षीत ठाउमा अस्थाई बासको लागि स्थानीय सरकार र नेपाल रेड्क्रस सोसाइटी ताप्लेजुङको राहत नागरिकमा वितरणगरे लगतै जोखिमयुक्त ठाँउहरुको नागरिक हरुलाइ सुरक्षीत ठाउमा अस्थाई बासको लागि गन्तब्य स्थाानमा जान आग्रह गरेको हो । बिहीबार राती आएको बाढी र पहिरोले विस्थापित भएको एक परिवार र अन्य उच्च जोखिममा रहेको १९ घरलाई अति आवश्यकीय राहत सामाग्री वितरण गरिएको हो । स्थानीय नागरिक लाई एक,एक ओटा पाल वितरण गरेको जोखिमयुक्त ठाँउका स्थानयिहरुले बताएका छन । फक्ताङलुङ ४ बिपुधापमा दुई घर र फक्ताङलुङ ६, सिसाङवामा पनी जोखिममा रहेको स्थानीय नागरिक लाई राहत वितरण जारी रहेको फक्ताङ्लुङ गाउँ पालिकाका अध्यक्ष मुक्ती लिम्बूले जानकारी गराएका छन् ।

फोटो तस्विर फक्ताङ्लुङ गाउँ पालिकाको फेस बुक बाट








