ताप्लेजुङ,ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको वडानं ५ तापेथोकमा गए रातीको पहिरोले क्षती गराएको छ । पहिरोले वडानं ५ तापेथोकमा गाउँपालिका कार्यालयको तालिम सेमिनार हल स्थानीनय सुवास ताप्मादेनको घर सामान्य क्षती पुर्याको छ । करीब राती २ बजे बाट अबिरल लगातार बर्ष भएपछी उक्त्त पहिरो गएको स्थानीयहरुले बताएको छन् । अविरल बर्षा राती २ बजे बाट सुरु भएको थियो माथिबाट आएको भेल बगी तापेथोक गााउँको ३ नंबर टोल बाट गाउँपालिकाको को कार्यालयलाई सामान्य क्षती भएको स्थानीय भुमीराज ताप्मादेले बताएका छन । लगातार बर्षाका कारण पहिरो चलेपछी तर्सित भएर त्यहाँका स्थानीय रातभरी हरु सुत्न पाएका छैनन् । पहिरोले केहि स्थानीयहरुको अलैंची मकैको बाली हरु क्षती पु्र्याएको थियो । फक्ताङलुङ गाउँपालिकाको सिर बाट पहिरो खसी गाउँपालिकाको कार्यालय र स्थानीय सुवास ताम्मादेन घर क्षती भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू मुक्ती ले जानकारी प्राप्त गराएको छ ।






फोटो तस्विरहरु,, फक्ताङलुङ गाउँपालिकाको फेसबुक पेज बाट,,,








