ताप्लेजुङ,ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका प्रकृती प्रकोपसगैं विपतीमा लडीरहेको बेला सम्बन्धित निकायले चासो नदिएको भन्दै फक्ताङ्लुङ गाउँपालिका अधध्यक्षले दुख ब्यक्त गरेका छन् । फक्ताङ्लुङ गाउँपालिका प्रकृती प्रकोपसगैं यतीवेला विपतीमा लडेसगैं ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका जोड्ने सडक तथा बाटोहरु बाढी पहिरोले ३ हप्ता देखि बन्द भएको छ्, । खाद्यान्न सकिएको छ औषधि उपचारको लागि एम्बुलेन्स चल्न सकेका छैन । सम्बन्धित निकायहरुले कुनै चासो पनी देखाएको छैन । केन्द्रिय प्रशारण लाइन एक हप्ता भयो बति काटिएको छ । सडक रोड बिभाग ताप्लेजुङको बिधुत प्राधिकरण कन्स्ट्रक्सनले अलपत्र पारेर छोडी राखेको छ । फक्ताङ्लुङ गाउँपालिका अधध्यक्ष राजन लिम्बू मुक्ती भन्नु हून्छ ….. जिल्ला प्रशासनले सम्बन्धित निकायलाइ धेरै पटक फोन गरेको छु तर एक्सन सिन्को भाचिएको छैन रोड बिभाग गैर जिम्मेवार बनेका छ्न । केन्द्रिय प्रशारण लाइन एक हप्ता भयो बति काटिएको ताप्लेजुङको बिधुत प्राधिकरण गैर जिम्मेवार बनेकाछन । टेलीफोन काटिएको छ, नागरिक संचार बाट बन्चित छन,सुचनातथा संचार खबर लेख्ने पत्रकारहरुले यहाँको खबर देखेनन र लेखेका पनी छैनन् । फेवा कन्स्ट्रक्सनले तमोर करोडोर सिस्ने थिवा खण्ड बाटो खनेर अलपत्र छोडी राखिएको छ । त्यसैले आज त्यसको कारण फक्ताङ्लुङ जोड्ने बाटो सडकहरु बन्द छ । यहाँको स्थानीय नागरिकहरु ३ हप्ता देखि वन्चीत बन्धकमा परेका छन् । खाद्यान्न सकिएको छ । औसधि उपचारको लागि एम्बुलेन्स चल्न सकेका छैन । यसको जिम्मेवार को हुने ? जिल्ला प्रशासनले सम्बन्धित निकायलाई खबर गर्यो या गरेनन ? यस्तै हो भने यदि यी संबैधानिक राज्यका अङ्गहरु काम लाग्दैनन भने र यस्का सम्रचनाहरुले काम गर्न सक्दैनन भने यसको खासै जरुरत नहुने भनी बताएका छन् ।
फक्ताङ्लुङ गाउँपालिकामा ३ हप्ता देखि सडक अवरुद्ध








