समय : १०:१३ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ५० प्रतिशत बजेटशिक्षामा लगानी

सेवालुङ खवर | श्रावण १८ गते २०८३

ताप्लेजुङ,साउन १७ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६ मुख्य र केहि सहायक सहित पछिल्लो कार्यकालका मुख्य उपलब्धी सार्वजनिक गरेको छ ।पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार पालिकाको कुल बजेटमध्ये ५० प्रतिशत बजेट शिक्षामा लगानी गरिएको छ । अहिलेका बालबालिका नै भोलीका असल नागरिक भएको बिषयलाई मनन् गर्दै पालिकाले पालिका क्षेत्रका
सबै बिद्यार्थीलाई सदरमुकाम फुङलिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहसम्म पूर्ण छात्रबृत्तिको व्यवस्था गरिएको छ । प्राविधिक शिक्षा अध्ययन गर्ने बिद्यार्थीका लागि ५० प्रतिशत
शैक्षिक छात्रबृत्ति प्रदान गरिएको पालिकाले जनाएको छ । पालिकाले ६० बर्ष देखि ७० बर्ष उमेर समूहका नागरिकको आर्थिक अभाव व्यवस्थापनका लागि चालु आर्थिक बर्षदेखि स्थानीय सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यको थालनी भएको जनाएको छ । संघीय सरकारले ७० बर्ष उमेर पूरा भएका नागरिकलाई मात्र सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।पालिकाले भने ६० बर्ष देखि ७० बर्ष उमेर समूहका नागरिकलाई स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तरगत स्थानीय सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यको थालनी गरेको जनाएको छ । पालिका अध्यक्ष लिम्बूले आफुले मासिक रुपमा पाउने सेवा सुविधा नागरिककै हितमा प्रयोग गर्नेगरी आफुले नागरिकलाई सर्मपित गर्दै आएको जनाउनु भएको छ् । उहाँले पाउने मासिक सुविधा कोष
बनाएर खर्च गर्ने गरिएको छ भने उहाँले अहिलेसम्म मासिक सुविधा लिनु भएको छैन । नागरिकहरु सेवा र अवसरबाट बञ्चित हुन नपरोस् भनेर आफ्नो सेवा सुविधा नागरिककै हितमा प्रयोग गर्दै
आएको उहाँले बताउनु भएको छ् । पालिकालेविगत ४ बर्षदेखि पालिका भित्रका स्वास्थ्य संस्था र पालिका देखि जिल्ला सदरमुकाममा रहेको स्वास्थ्य संस्थासम्म लैजानुपर्ने बिरामीलाई एम्बुलेन्स सेवा निःशुल्क रुपले प्रदान गर्दै आएको जनाएको छ ।
आर्थिक अभावका कारण कसैले पनि उपचारको पहुँचमा पुग्न कठिनाई झेल्नु नपरोस् भन्ने हिसावबाट अहिलेसम्म करिव १ हजार ४ सय जनाले निःशुल्क एम्बुलेन्स सेवा लिएको पालिकापालिकाले भने ६० बर्ष देखि ७० बर्ष उमेर समूहका नागरिकलाई स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तरगत स्थानीय सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यको थालनी गरेको जनाएको छ । पालिका अध्यक्ष लिम्बूले आफुले मासिक रुपमा पाउने सेवा सुविधा नागरिककै हितमा प्रयोग गर्नेगरीआफुले नागरिकलाई सर्मपित गर्दै आएको जनाउनुभएको छ् । उहाँले पाउने मासिक सुविधा कोष
बनाएर खर्च गर्ने गरिएको छ भने उहाँले अहिलेसम्म मासिक सुविधा लिनु भएको छैन । नागरिकहरु सेवा र अवसरबाट बञ्चित हुन नपरोस् भनेर आफ्नो सेवा सुविधा नागरिककै हितमा प्रयोग गर्दै
आएको उहाँले बताउनु भएको छ् । पालिकाले विगत ४ बर्षदेखि पालिका भित्रका स्वास्थ्य संस्था र पालिका देखि जिल्ला सदरमुकाममा रहेको स्वास्थ्य संस्थासम्म लैजानुपर्ने बिरामीलाई एम्बुलेन्स सेवा निःशुल्क रुपले प्रदान गर्दै आएको जनाएको छ ।
आर्थिक अभावका कारण कसैले पनि उपचारको पहुँचमा पुग्न कठिनाई झेल्नु नपरोस् भन्ने हिसावबाट अहिलेसम्म करिव १ हजार ४ सय जनाले निःशुल्क एम्बुलेन्स सेवा लिएको पालिकाअभिभाकत्व ग्रहण गर्नुपर्ने दायित्व समेत रहेकोले आफुहरु नागरिकका समस्याप्रति सम्बेदनशिल रहेको समेत बताउनुभयो । वडातहमा टोलबस्ति तहबाट योजनाको छनौट गरिएको र पालिका स्तरका योजना समेत नागरिकको आवश्यकताको आधारमा छनौट गरी सोहि अनुसार कार्यान्वयन हुँदै आएको पालिका अध्यक्ष लिम्बूको भनाई रहेको छ|- खगेन्द्र अधिकारी,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्