समय : १२:०२ pm | मङ्गलबार , असार ३० गते २०८३

ताप्लेजुङकलाई अलैचीको सुपर जोन बनाउन पहल गर्छु:सांसद थेवे

सेवालुङ खवर | असार १४ गते २०८३

ताप्लेजुङ, असार १३ प्रतिनिधिसभा सदस्य क्षितिज सुपरजोन कम गर्न आफुले पहलकदमी लिने बताउनु भएको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको हातमा जारी कोशी प्रदेश स्तरीय उद्घाटन गर्दै अलैचीको जिल्ला भनेर चिनिने ताप्लेजुको जन मात्र कायम हुने अन्य जिल्ला सुपरजोनको रूपमा कार्यक्रम अघि बढ्नु दुर्भाग्य भएको बताउनुभयो । ताप्लेजुङ नेपाल भरमै बढी मात्रमा अलैची उत्पादन हुने जिल्लाको रुपमा परिचित रहेको छ । नेपालमा कुरा उत्पादन हुने अधीको उत्पादनको करिव ४७ प्रतिशत हिस्सा ओगट्ने ठानिएको छ। सांसद थेबेले सरकारले अन्तराष्ट्रिय बजारसंग समन्वय गरी अती उत्पादकले पाउने न्यूनतम समर्थन मूल्य कायम गर्न सक्नुपर्नेमा जोड दिनुभयो । अलैचीको ठूलो हिस्सा अन्तराष्ट्रिय जाने र मूल्य समेत अन्तराष्ट्रिय बजार निर्धारण गर्ने गरेका कारण अलैचीको मूल्यमा उतारचढाव भइराख्छ मूल्यको उतारचढावले किसान तथा व्यवसायीले पाउने मूल्य समेत उतारचढाव भइरहने भएकोले समर्थन मूल्य कायम गरेमा उत्पादक तथा व्यवसायीले तागतको आधारमा मूल्य पाउने र यसले उत्पादनको मूल्य र व्यवसायिक समेत कायम हुने थेबेको भनाई छ । कहिलेकाँही चतिरहेको मूल्य भन्दा ज्यादा कम भएर अन्तराष्ट्रिय बजार मूल्य निर्धारण गर्दा यसते नेपालका अलैची उत्पादक र व्यवसायी दुबै घाटामा जाने अवस्था रहेको बताउँदै बेले न्यूनतम समर्थन मूल्य स्थापित गर्न सरकारते अन्तराष्ट्रिय बजारमा समन्वय र सहजीकरण गरिदिनुपर्ने धारणा राख्नु भएको छ। उहाँ प्राकृतिक विपद् र रोग किरा समेतका कारणबाट किसानले आफ्नो उत्पादनमा नराम्रो क्षति व्यहोर्दै आएको बताउदै प्रतिनिधिसभा सदस्य देबेले यसका लागि किसानको बाली बीमा गर्ने प्रणालीलाई प्रभावकारी र अनिवार्य हुनेगरी वातावरण बनाउनुमा जोड दिनुभयो ।बाली बीमा भएमा त्यसको क्षति भरणमा सहयोग पुग्ने र किसानको मारमा कमी हुने उहाँको भनाई रहेको छ ।दुईदिने अलैची महोत्सवको दोस्रो दिन शनिवार प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्व कृषि मन्त्री खगेनसिं हाङगाम,प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्व मन्त्री निर्मता तावा सहितका जनप्रतिनिधि पाङमा भेला हुनु भएको छ त्यहाँ संघ प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि तथा विज्ञ टोलीबिच अलैचीको उत्पादन र उत्पादकत्व बढाउने देखि बजार व्यवस्थापन सहितका विषयमा छलफल कार्यक्रम हुने महोत्सव मूल आयोजक समितिका संयोजक बालचन्द्र आङवुहाङले जानकारी दिनुभयो। पहिलो दिनको कार्यक्रममा सांसद थेबेका साथ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ, जिल्ला प्रहरी प्रमुख डिएसपी उमेश जोशी, नेपाल अची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दीपक नेपाल सहितका स्थानीय जनप्रतिनिधि र कार्यालयका प्रमुखहरुको उपस्थिति थियो। कोशी प्रदेश सरकार र आठराई त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोगमा त्यहाँ अलैची महोत्सव सञ्चालन भएको हो।–खगेन्द्र अधिकारी,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्