समय : ०३:५५ pm | सोमबार , असार १ गते २०८३

फुङलिङमा शनिबारदेखि सार्वजनिक सुनाई कार्यक्रम हुने

सेवालुङ खवर | जेठ ३१ गते २०८३

फुङलिङ – फुङलिङ नगरपालिका वडाहरुमा शनिबारदेखि सार्वजनिक सुनाई कार्यक्रम हुने भएको छ । नगरपालिकाको चालु आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रम अनुसार जनताको गुनासो, राय तथा सुझाव ग्रहणका लागि सार्वजनिक सुनाई गर्न लागेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुले जानकारी दिनुभयो ।उहाँका अनुसार जेठ ३० गते शनिबार वडा नं. ११ फावाखोला, जेठ ३१ गते आइतबार वडा नं. १० फुरुम्बो, असार १ गते सोमबार वडा नं. ९ हाङदेवामा कार्यक्रम हुनेछ । कार्यक्रममा नगरप्रमुख अमिर मादेन, उप–प्रमुख भीमादेवी ओझा, प्रमुख प्रशासकीय अधिकृत पनेरु, वडाध्यक्ष, सम्बन्धित वडाका वडासदस्यहरु, कार्यपालिका सदस्य, वडासचिव लगायतका व्यक्तिहरुले जवाफ दिनुहुने छ । फुङलिङ नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको सहजीकरणमा कार्यक्रम हुने नगरपालिकाले जनाएको छ ।– रेडियो तमोर

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्