समय : ०४:२३ pm | सोमबार , असार १ गते २०८३

फक्ताङलुङ गाउँपालिकामा‘डिजिटल टिचिङ एन्ड लर्निङ’ शिक्षण तालिम संञ्चालन

सेवालुङ खवर | जेठ ३१ गते २०८३

ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका स्वरस्वती च्यारीबुक मा.वि मा डिजीटल लर्निङ शिक्षण तालिम सञ्चालन भएको छ । Open Learning Exchange -OLE_ Nepal को प्राविधिक सहयोगमा डिजीटल लर्निङ शिक्षण तालिम भएको हो । ’ÚUse of Technology in Teaching and LearningÚ’ भन्ने उद्देश्यका साथ फक्ताङलुङ गाउँपालिकाका श्री सरस्वती च्यारिबुक मा.बि.लेलेप लगायत विभिन्न सामुदायिक बिद्यालयहरुमा ‘डिजिटल टिचिङ एन्ड लर्निङ’ सम्बन्धी तीन दिने तालिम शनीबार ३० गते देखि १ सोमबार सम्म संचालन हुने भएको फक्ताङलुङ गाउँपालिकाले जनएको छ । ताप्लेजुङ जिल्लामै पहिलो पटक सञ्चालन हुन लागेको र यस प्रती प्रविधि मैत्री तथा नव प्रवर्तन मुखी तालिमले दुर्गम क्षेत्रका विद्यालयहरूमा शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, आधुनिक,गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुर्याउनका साथै बिद्यार्थीहरुको अध्ययनमा थप रुचि बढाउने भएको र ‘डिजिटल टिचिङ एन्ड लर्निङ’ शिक्षण तालिम कार्यक्रमले थप बिद्यार्थी र शिक्षक विच विश्वास हुने फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु मुक्तीले बताउनु भयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्