फक्ताङ्लुङ गाउँपालिका स्थित छिरुवा सडक एक दिन अबरुद्ध हुने भएको छ । गाउँपालिकाले आज एक सुचना जारी गर्दै तमोर करिडोर अन्र्तगत पर्ने उक्त सडक बन्द हुने जनाएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नबिन तेम्बेका अनुसार अपर तमोर हाइड्रोपावर कम्पनीले ढलान, मर्मत सम्भार तथा सडक स्तरोन्नती गर्नका लागि सडक बन्द गर्नु परेको हो । जस अनुसार शुक्रबार दिनको ३ बजेदेखि शनिबार बिहान ६ बजेसम्म सडक अबरुद्ध हुने सुचनामा उल्लेख गरिएको छ ।









