समय : ०८:२५ pm | बिहिबार , श्रावण १४ गते २०८३

ताप्लेजुङको दुर्गम हिमाली गाउँ घुन्सामा फोरजी सेवा सञ्चालन,

सेवालुङ खवर | जेठ ४ गते २०८३

ताप्लेजुङ, वैशाख ३१ गते । ताप्लेजुङको दुर्गम तथा विकट हिमाली गाउँ घुन्सामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । इन्टरनेट र टेलिफोनको समस्या रहेको घुन्सा गाउँमा बुधबारदेखि फोरजी सेवा सञ्चालनमा आउको हो ।नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएसँगै दुर्गम गाउँहरु फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा र फलेमा इन्टरनेटको सुविधा भएको छ । घुन्सास्थित तीन हजार ८५० मिटर उचाइ रहेको डाँडामा फोरजी इन्टरनेटको टावर राखिएको छ ।निरन्तरको वर्षा र हिमपातसहित प्रतिकूल मौसमकाबिच टावर निर्माण तथा आवश्यक प्रविधि जडानको कार्य सकिएपछि बुधबारदेखि फोरजी इन्टरनेट सेवा सञ्चालनमा आएको स्थानीय समाजसेवा मिङ्माडण्डु शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार फोरजी इन्टरनेटले घुन्सा र फले गाउँसँगै कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटकलाई सुविधा भएको छ ।फक्ताङ्लुङ गाउँपालिकाका कार्यपालिका सदस्यसमेत रहनुभएका शेर्पाले दुर्गम गाउँमा सञ्चालनमा आएको आधुनिक सञ्चार सेवा इन्टरनेटले दुर्गमका बासिन्दालाई विश्व सूचनाको पहुँचमा पु¥याएको बताउनुभयो । सूचनाको पहुँचसँगै स्थानीय जनजीवन परिवर्तन, शिक्षा, पर्यटन प्रवर्धन र समग्र विकासका लागि इन्टरनेट सुविधा एक आधार बनेको उहाँको भनाइ छ ।अर्का कार्यपालिका सदस्य तेन्जिङ सेराप शेर्पाले पनि फोरजी इन्टरनेट सेवा विस्तारले दुर्गम गाउँमा विद्युतीय माध्यमको शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, मनोरन्जन र सूचना आदानप्रदानको काम सहज हुने भएको बताउनुभयो । कञ्चनजङ्घा हिमाल प्रवेशद्वार अर्थात प्रवेशविन्दु मानिने घुन्सा गाउँ तीन हजार ४७५ मिटरको उचाइमा रहेको छ ।पर्यटकीय मौसममा घुन्सा गाउँ बाह्य तथा आन्तरिक पर्यटकले भरिभराउ हुने गर्दछ । त्यस्तै घुन्सा नजिकको फले गाउँ पनि तीन हजार २३२ मिटरको उचाइमा रहेको छ । अहिलेसम्म सडकको पहुँच नपुगेको उक्त दुई हिमाली गाउँमा सञ्चालनमा आएको फोरजी इन्टरनेट सेवाले भने जीवनशैली र दैनिकीका लागि राहत मिलेको स्थानीय बताउँछन् ।–चन्द्र पन्दाक

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्