ताप्लेजुङको फुङलिङनगर पालिकाले अव्यस्थित टहरा लगयत पसल ब्यवसायीका अव्यस्थित जिन्सी सामाग्रीहरु एक हप्ता भित्रमा हटाउन लगाएको छ । बजार आसपास क्षैत्रमा पसल ब्यवसायीहरुले अव्यस्थित जिन्सी सामाग्री तथा टहराहरु राखेपछी फुङलिङनगर पालिकाले हप्ता दिन भित्रमा हटाउन लगाएको हो । बजार आसपास क्षेत्रमा राखेका ब्यवसायीहरुले गमला, लता कपडा अस्थायी टहराहरु नगरपालिकाले सातादिन भित्रमा हटाउन भनी सूचनामा उल्लेख गराएको छ । घुम्न आउने पर्यटक तथा स्थानीय पैदल यात्रीहरुलाई असर पर्ने भएको हुदाँ बजार क्षेत्रमा असहज,वजारको सौदर्य फरक किसिम देखिएको हुँदा सुरक्षित स्थानमा राख्नको लागी साता दिन भित्र ब्यस्थापन गराउन आग्रह गराएको ताप्लेजुङ फुङलिङनगर पालिकाले जनाएको छ ।
फुङलिङनगर पालिकाद्धारा अव्यस्थित जिन्सी अस्थायी टहराहरु सातादिन भित्रमा हटाउन आग्रह








