ताप्लेजुङ, माघ १२ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ताप्लेजुङ जिल्ला भित्रका सामुदायिक क्याम्पसहरुमा भर्ना भई नियमित रुपले पठनपाठन गर्दै आएका पालिकाका बिद्यार्थीलाई सतप्रतिशत छात्रबृत्ति दिनेभएको छ ।पालिकाका शाखा प्रमुख जयप्रसाद रिजालका अनुसार पालिका भित्रका सामुदायिक बिद्यालयमा पठपाठन नहुने संकायको कक्षा ११ र १२ वा जिल्ला भित्रका बिद्यालयहरुमा प्राविधिक शिक्षा पढ्ने बिद्यार्थीलाई ५० प्रतिशत छात्रबृत्ति दिइने छ ।रिजालका अनुसार फक्ताङलुङ गाउँपालिकाका स्थायी बासिन्दा, पालिकाके सामुदायिक बिद्यालयबाट माध्यमिकशिक्षा परीक्षा (एसईई) उर्तीण भएको र ताप्लेजुङ जिल्ला भित्रका सरकारी वा सामुदायिक क्याम्पसहरुमा नियमितरुपले अध्ययन गर्दै गरेका बिद्यार्थीले सतप्रतिशत छात्रबृत्ति पाउने भएका छन् ।पालिकाले शैक्षिक छात्रबृत्ति व्यवस्थापन कार्यविधि २०८० का सर्त र प्रकृयाका आधारमा चालु आर्थिक बर्ष २०८२ ।८३ को बार्षिक स्वीकृत बजेटबाट छात्रबृत्ति दिन लागेको हो । उज्यालो पोष्ट,
सतप्रतिशत सम्म छात्रबृत्ति दिदैं फक्ताङलुङ गाउँपालिका,





