समय : ०५:१९ pm | शुक्रबार , वैशाख ४ गते २०८३

आठराई त्रिवेणको नव निर्मित भवनबाट सेवा सुचारु

सेवालुङ खवर | माघ १० गते २०८२

ताप्लेजुङ, माघ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नव निर्मित भवनबाट सेवा सुचारु गरेको छ । पालिकाको केन्द्र हाङपाङमा निर्माण सम्पन्न भएको नव निर्मित भवनबाट नै सेवाग्राहीलाई सेवा दिन सुरु गरिएको हो । शुक्रबार नवनिर्मित भवनको औपचारिक रुपमा उद्घाटन गरि सेवा दिन थालिएको हो । प्रशासकीय भवनसँगै आठराई त्रिवेणी सामुदायिक हलको समेत उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)को हस्त बाहुलीबाट दुवै भवनको उद्घाटन गरिएको छ । ६ करोड ५३ लाख रुपैयाँको लागतमा निर्मित भवनको औपचारिक रुपमा उद्घाटन गरि सेवा दिन थालिएको अध्यक्ष पोमुको भनाइ छ । भवनको शिलान्यास २०७९ सालमा गरिएको थियो । त्यस्तै गत वर्ष शिलान्यास गरिएको सामुदायिक हल भने ८० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाले उल्लेख गरेको छ । लिम्बू जातिको केःलाङ (च्याब्रुङ) तथा नौमती बाजा सहित भवन र हलको उद्घाटन गरिएको छ । नवनिर्मित हलमा भने खेलकुद लगायतका अन्य कार्यक्रम समेत सञ्चालन गर्ने संरचना तयार पारिएको अध्यक्ष पोमुले बताउनुभयो । भवन तथा हलदेखि करिब ५ सय मिटर आसपासको सडकमा समेत कालोपत्रे गरिएको छ । उद्घाटन कार्यक्रममा अध्यक्ष पोमु सहित पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर मेन्याङबो, फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझा, पाथीभरा याङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ, आठराई त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष सान्ता कुमारी आङबुहाङ, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, पालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, पालिकाका ३३ वटै सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लगायत स्थानीयको सहभागिता रहेको थियो ।कृष्ण फुरुम्वो लिम्बू

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्