२०८२ पुष २६गते ताप्लेजुङको गाउँपालिका वडा नम्बर ७ सुरुङखिममा नवनिर्मित वडा कार्यालय भवन तथा स्वास्थ्य चौकी बर्थिङ केन्द्रको उद्घाटन गरिएको छ । शुक्रबार आयोजित एक औपचारिक समारोहका बीच उक्त भवनहरूको समुद्घाटन सम्पन्न गरिएको हो। नवनिर्मित संरचनासँगै वडा कार्यालयबाट प्रदान गरिने सेवा थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ भने स्वास्थ्य चौकी र बर्थिङ केन्द्र सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले आधारभूत स्वास्थ्य सेवा आफ्नै वडामा सहज रुपमा प्राप्त गर्नेछन्। विशेषगरी गर्भवती महिला तथा सुत्केरी आमाहरूका लागि बर्थिङ केन्द्र उपयोगी हुने विश्वास गरिएको छ। स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले पूर्वाधार विकासले सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने बताउँदै आगामी दिनमा जनताको आवश्यकतालाई ध्यानमा राखेर थप सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्। फक्ताङलुङ दर्पण,









