ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाको थिवा खोलामा सडक बन्द हुने भएको छ । फक्ताङलुङ गाउँपालिकाले थिवा खोलामा दुई दिन सम्मको लागी सवारी साधन आउने जाने बन्द गरेको छ । गाउँ पालिकाको लिङखिम र तापेथोक जोड्ने थिवा खोलाको सडक बन्द गरी २ दिन सम्मका लागि बन्द रहने गाउँपालिकाले जनाएको छ । निर्माणाधीन तमोर करिडोर अन्तर्गत २ आथा वडा लाई जोड्ने थिवा खोलामा निर्माणको कार्य जारी भइ रहेकाले सवारी साधन आउनजान रोक लगाएको फक्ताङलुङ गाउँपालिकाले सूचनाको माध्यमबाट जनाएको थियो । जेठ १७ गते बिहानबाट १८ गते शुक्रबार बेलुकी सम्म दुई दिनका लागि सडक बन्द रहने गाउँपालिकाको सूचनामा उल्लेख गराएको छ । सडक बन्द भएतापनि सवरीसाधन परिवर्तन गर्दे यात्रा गर्न यात्रीहरुलाई सहजरुपले मिलाई सोही बमोजिम यात्रा गर्न समेत यातायात व्यवसायी तथा यात्रु महानु भावहरुमा पालिकाले जानकारी गरेको छ । दुई दिनसम्मको निर्माणको कार्य सम्पन्न गर्ननसके अवरुद्धको सडक समय लम्बिने पनि फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।
फक्ताङलुङ गाउँपालिकाले सडक अवरुद्धगरेर निर्माणकार्य योजना विस्तार








