समय : ०६:४४ pm | शुक्रबार , वैशाख ४ गते २०८३

फक्ताङलुङ गाउँपालिकामा चार दिने निःशुल्क दन्त स्वास्थ्य शिविर बस्ने,

सेवालुङ खवर | मंसिर २२ गते २०८२

ताप्लेजुङ,/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा मङ्सिर २१ गते आइतबारबाट चार दिने निःशुल्क दन्त स्वास्थ्य शिविर बस्ने भएको छ । पूर्वाञ्चल डेन्टल हस्पिटल प्रा.ली इटहरी को प्राविधिक सहयोग गार्थमा वडा नं ३ सिवा स्वास्थ्य चौकी र पालिकाको केन्द्र वडा नम्बर ५ तापेथोक स्थित आधारभूत अस्पताल मा निःशुल्क दन्त शिविर स्वास्थ्य हुने भएको हो। त्यस्तै सिंह स्वास्थ्य चौकीमा मङ्सिर २१ र २२ गते तापेथोक आधारभूत अस्पताल मा २३ र २४ गते शिविर सञ्चालन हुने भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु मुक्तिले बताउनु भएको छ । चिकित्साको परामर्शमा शिविर अवधिभर पूर्ण सेट दाँत लगाउने आंशिक खुद्रा दाँत लगाउने र सबै उमेर समूहका नागरिक हरूको दाँत निकाल्न मिल्ने दाँत निकाल्ने र दन्त तथा मुख स्वास्थ्य सम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिने पनि फक्ताङलुङ गाउँपालिकाको कार्यालयले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्