ताप्लेजुङ, मंसिर १८ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा बिहीबारबाट तीन दिने बहुकक्षा बहुतह तालिम सुरु भएको छ ।ग्रामीण शिक्षा तथा वातावरण विकासकेन्द्र (रिड) नेपालको आयोजनामा सुरु भएको तालिमको फक्ताङलुङ गाउँपालिका शिक्षा समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष राजनलिम्बू(मुक्ति)ले शुभारम्भ गर्नु भएको छ । हिमालयन्ट्रष्ट युकेको आर्थिक सहयोग तथा फक्ताङलुङ गाउँपालिका र शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङको समन्वयमा तालिम सुरु भएको रिड नेपालका जिल्ला कार्यक्रम निर्देशक राजेन्द्र प्रसाद पन्तले जानकारी दिनुभयो ।बद्लिदो परिस्थितिमा शिक्षण सिकाईलाई बढीभन्दा बढी प्रभावकारी बनाउन शिक्षकको दक्षता विकासका लागि बहुकक्षा बहुतह तालिम गर्नेगरिन्छ । नवीनतम् विधि र प्रविधिले बिद्यार्थीको सिकाई स्तर, क्षमता र आधुनिक सिद्धान्त अनुसार सहज र सरल सिकाईको वातावरण सृजना गरीप्रभावकारी र वालमैत्री सिकाईको वातावरण तयारपार्न बहुकक्षा बहुतह तालिमलाई निकै प्रभावकारी मानिन्छ । बाल बालिकाको सिकाईका सुधार ल्याउनका लागि बिद्यालयको शिक्षण सिकाई पद्धतिमा समेत परिवर्तन जरुरी भएकोले शिक्षकलाई बहुकक्षा बहुत तालिमका केन्द्रित गर्नेगरिन्छ ।उज्यालो पोष्ट
फक्ताङलुङ गाउँपालिका तापेथोकमा तीनदिने बहुकक्षा बहुतह तालिम सुरु








