समय : ०३:३७ pm | शनिबार , भाद्र २७ गते २०८३

स्थानीय पाठ्यक्रम निर्माणका लागि सिरिजङ्गा गाउँपालिकाद्धारा विज्ञको खोजी

सेवालुङ खवर | मंसिर ५ गते २०८२

ताप्लेजुङ, मंसिर ४ । स्थानीय पाठ्यक्रम निर्माणका लागि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले विज्ञको खोजी गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार आधारभूत तह (कक्षा १–८)को स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लेखन तथा सम्पादन कार्यका लागि विज्ञको खोजी गरिएको हो । शैक्षिक योग्यता न्यूनतम् स्नातकोत्तर उर्तीण गरेको हुनुपर्ने, मुख्य बिषय पाठ्यक्रम राखी योग्यता हासिल गरेको व्यक्तिलाई प्राथमिकता दिइने, पालिकाभित्र कम्तिमा ५ बर्षको शिक्षण अनुभव हाँसिल गरेको व्यक्ति हुनुपर्ने पालिकाले सर्त अघि सारेको छ । पालिका भित्र अध्यापन गराईसकेको व्यक्तिले पाठ्यक्रममा समावेश गर्नुपर्ने बिषय र सन्दर्भका बारेमा थाह पाउने भएकोले पालिकाले पालिकाभित्र कम्तिमा ५ बर्षको शिक्षण अनुभव हाँसिल गरेको व्यक्तिको खोजी गरेको हो । शिक्षण अनुभवको कागजात सम्वन्धित बिद्यालयको प्रधानाध्यापकबाट र विज्ञ स्वयं प्रधानाध्यापक भए विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट प्रमाणित गराउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेले बताउनु भएको छ । छनौट भएका विज्ञको सेवा सुविधा र अन्यसर्तहरु आपसी समझदारीमा हुने पालिकाले जनाएको छ । उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्