समय : ०३:३६ pm | शनिबार , भाद्र २७ गते २०८३

सिदिङ्वालाई काठमाडौँ महानगरबाट एम्बुलेन्स प्राप्त

सेवालुङ खवर | असाेज ८ गते २०८२

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त भएको छ । वडा ४ स्थित साब्लाखु स्वास्थ्य चौकीमार्फत सञ्चालन हुनेगरी गाउँपालिकालाई मङ्गलबार एउटा (एक थान) एम्बुलेन्स प्राप्त भएको हो ।काठमाडौँ महानगरले सिदिङ्वा गाउँपालिकालाई अनुदानमा उक्त एम्बुलेन्स उपलब्ध गराएको हो । महानगरले सिदिङ्वा गाउँपालिकालाई हस्तान्तरण गरेको एम्बुलेन्स गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले बुझ्नुभएको छ । महानगरबाट ‘ख’ वर्गको एम्बुलेन्स प्राप्त भएको र सो एम्बुलेन्स आफूले बुझेको उपाध्यक्ष कडरियाले बताउनुभयो ।उहाँका अनुसार गाउँपालिकालाई प्राप्त भएको एम्बुलेन्स साब्लाखु स्वास्थ्य चौकीमार्फत सञ्चालन हुने छ । काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सले पालिकावासीलाई राहत पुग्ने विश्वास राखिएको उपाध्यक्ष कडरियाको भनाइ छ ।काठमाडौँ महानगरपालिकाले भने स्वास्थ्य सेवामा पछाडि परेका, भौगोलिक कठिनाइका कारण आकस्मिक सेवा पाउन कठिन भएका र स्वास्थ्य सुविधा न्यून रहेका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको जनाइएको छ । महानगर स्रोतका अनुसार ताप्लेजुङको सिदिङ्वासहित देशभरका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ । चन्द्र पन्दाक

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्