समय : ०३:३७ pm | शनिबार , भाद्र २७ गते २०८३

फुङलिङ नगरपालिकाले बुधबार बाट नियमित सेवा प्रवाह गर्ने

सेवालुङ खवर | भाद्र ३१ गते २०८२

ताप्लेजुङ – फुङलिङ नगरपालिकाले असोज १ गते (भोली) बाट नियमित सेवा प्रवाह गर्ने भएको छ । नगरपालिकाले मंगलबार एक सुचना जारी गर्दै सो जानकारी गराएको हो । गत भाद्र २४ गते रातको समयमा जेनजी समुहहरुद्धारा नगरपालिकाको प्रशासकिय भवन तोडफोड र आगजानी हुँदा पुरै क्षति भएको थियो ।

सोही परिस्थीतिलाई मध्यनजर गर्दै नगरपालिकाले गत बुधबारबाट सेवा ठप्प पारेको थियो । हाल नगरपालिकाको सरसफाई गरिएको र सेवा प्रवाह गर्ने वातावरण बनेको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद गौतमले जानकारी दिनुभयो । जेनजी प्रर्दशनका नाममा केही अराजक समुह प्रबेश गरेर क्षति पुर्याएको नगरपालिकाले जनाएको छ ।यस अघि नगरपालिकाले प्रर्दशनका क्रममा लगेका सामान फिर्ता गर्न समेत सुचना जारी गरेको छ ।

प्रर्दशनका क्रममा नगरपालिकामा आगजानी र तोडफोड भएको थियो । सो घटनाबाट करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको नगरप्रमुख अमिर मादेनले बताउनुभयो । बिक्रम लाम्गादे,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्