ताप्लेजुङ / गएरातिको अबिरल बर्षा संगै आएको बाढीका कारण जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं – ५, को हेल्लोक खोलाको रानिपुल बेलिबृज बगाएको छ । मंगलबार राति १२ बजेदेखि बिहान ४ बजेसम्म सो क्षेत्रमा भएको लगातारको भारी बर्षाका कारण वडा नं ५ र ६ जोड्ने बेलिबृज बगाएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बले बताउनुभयो ।
उहाँका अनुसार अहिले तमोर खोलाको बहाब बढेको छ साथै उत्तरदक्षिण लोकमार्ग रानिपुल बेलिबृज बगाएको हुँदा रानिपुल भन्दा माथिको आवतजावत समेत अवरुद्ध भएको छ । यसैगरी अध्यक्ष लिम्बुका अनुसार वडा नं। ६ लेलेप साँगु बगर गत सालको पहिरो यो पटक त्यहीँ ठाँउको फाङ्बारी स्कुलको छेउ बाट पहिरो झरेको छ ।
तर मानवीय क्षति भने नभएको अध्यक्ष लिम्बुको भनाई छ । उस्तै घटनाका बारेमा थप बिबरण प्राप्त हुन बाँकी रहेको र सिँवा र तापेथोक प्रहरी चौकीका प्रहरीहरुसंग समन्वय गरिएको उहाँको भनाई छ । तत्काल सो क्षेत्रको समस्या समाधान गर्न सम्बन्धित सबै निकाय जुटेको अध्यक्ष लिम्बुले बताउनुभएको छ ।विक्रम लाम्गादे,








