समय : ०४:१९ pm | शनिबार , भाद्र २७ गते २०८३

फक्ताङलुङ गाउँपालिका सिँवा माध्यमिक बिद्यालयमा निःशुल्क आँखा परीक्षण,

सेवालुङ खवर | जेठ ६ गते २०८२

ताप्लेजुङ, / ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिम स्थित सिँवा माध्यमिक बिद्यालयमा निःशुल्क आँखा परीक्षणतथा सामूहिक मनो सामाजिक विमर्श कार्यक्रम सम्पन्न भएको छ । पाथीभरा बहुमुखी क्याम्पस फुङलिङले नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेनडोङ्गला स्मारक आँखा उपचार केन्द्रका आँखास्वास्थ्य प्राविधिक हरुको सहयोगमा आँखा शिविर सम्पन्न गरेको हो । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आई वर्कर काजीमान थेबेका अनुसार शिविरमा १ सय ४ महिला तथा १ सय ४पुरुष गरी २ सय ८ जनाको आँखाको परीक्षण तथागरिएको छ । परीक्षण गरिएकामध्ये ७ जनाको थपउपचार आवश्यक देखिएको परीक्षण तथा उपचारमा संलग्न आँखा स्वास्थ्य प्राविधिक थेबेले जानकारी दिनुभयो । पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इजमका अनुसार सोक्रममा सामूहिक मनोसामाजिक विमर्श कार्य समेत गरिएको छ । मनोबिमर्श प्रशिक्षक राजेन्द्र काफ्लेले उक्त कार्यको सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति), सिँवा माध्यमिक बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष मछिन्द्र लिम्बू, प्रधाना ध्यापक ओमनाथ गौतम सहितको उपस्थिति रहेको थियो ।

फोटो:तस्विर साभार,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्