समय : ०७:३६ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माण पहल हुनुपर्ने माग,

सेवालुङ खवर | चैत्र १९ गते २०८१

ताप्लेजुङ,/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अवस्थित ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माण पहल हुनुपर्ने माग गरिएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने नेपाल–चीन व्यापार प्रवद्र्धनका लागि सुख्खा बन्दरगाह निर्माणको पहल हुनुपर्ने माग अघि बढाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न फक्ताङलुङ गाउँपालिका—७वडा अध्यक्ष छेतेन लामाले गत अघि आग्रह समेत गराएको थियो । ओलाचुङगोला अवस्थित मवाटारमा सुख्खा बन्दरगाह निर्माण पहल गर्न नेपाल इन्टर मोडल यातायात विकास समितिबाट मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा वजेट कार्यक्रममा परियोजना प्रश्ताव समावेश गर्न आग्रह समेत गरेको छ । पठाइएको पत्रमा व्यापारजन्य पूर्वाधार विकास गर्नुपर्ने मुलुकको आर्थिक गतिविधि विकास प्रवद्र्धन गर्न सुख्खा बन्दरगाहमा सुरक्षा जाँच चौकी जस्ता संरचनाहरुको विकास आवश्यक रहेको पनी पत्रमा उल्लेख भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनु भएको छ । ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत सम्म स्वशासित क्षेत्र जोड्ने सडक निर्माणकार्य भइसकेको र उत्तर–दक्षिण व्यापारिक मार्गको रूपमा सबैभन्दा छोटो दूरीको सडक भएकाले उक्त क्षेत्रलाई व्यापारिक केन्द्रका रूपमा विकास गरउन सकिने समितिले जनाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले सन् २०७८÷७९ मा नाकाको पूर्व सम्भाव्यता अध्ययन पूरा गरी प्राप्त प्रतिवेदन अनुसार मन्त्रालयमा बुझाइसकेको जनाएको छ । आवश्यक जग्गा उपलब्ध रहेको जानकारी दिँदै सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि अनुरोध गरेको र फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ कार्यालयले आवश्यक जग्गा उपलब्ध रहेकोे फक्ताङलुङ गाउँपालिक वडा नं ७ को कार्यालयले जनाएको छ । समितिले नेपाल सरकारलाई आगामी नीति तथा वजेट कार्यक्रममा ओलाङचुङ्गोलालाई सुख्खा बन्दरगाह निर्माण परियोजना समावेश गर्न आवश्यक बजेट विनियोजन माग गर्न पहल गरेको छ । परियोजना अघि बढेमा नेपाल–चीन व्यापार सहज हुनुका साथै पूर्वी नेपालको व्यापारिक भुमिका गतिविधिहरु ठूलो योगदान हुने अपेक्षा समेत गराएको समितिले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्