ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका लेलेपस्थित सरस्वती च्यारिबुक माविले अक्षयकोष स्थापना गरेको छ ।२०८१ माघ ३ गते बिहीबार वडा नं ६ लेलेपस्थित सरस्वती च्यारिबुक माविको प्राङ्गणमा बिहीबार २ लाख ५० हजार रुपैयाँको बराबरको अक्षयकोष स्थापना गराएको हो ।माविमा स्थानीय दुई समाजसेवीले अक्षयकोष स्थापना गराइदिनु भएको सरस्वती च्यारिबुक मा.वि स्रोतले जनाएको छ।माविका संस्थापक डने शेर्पाले १ लाख ५० हजार अक्षयकोष स्थापना गरेकाछन् । त्यस्तै सोहि बिद्यालयका बि. व्य. स. सदस्य फुपुडोमा शेर्पाले १ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नु भएको थियोे ।दुबै तर्फको दाताले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोवाङडोमा शेर्पालाई अक्षयकोष रकम हस्तान्तरण गरेका थिए । फक्ताङलुङ वडा नं ६ का वडाध्यक्ष पेम्बाटाँसी शेर्पाको प्रमुख आतिथ्यतामा भएको विद्यालय ले जनाएको छ। अक्षयकोष स्थापना कार्यक्रममा लेलेपस्थित बिभिन्न बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी,प्रधानाध्यापक,स्थानीय व्यत्तित्व र शिक्षक तथा अभिभावकहरुको समेत उपस्थिति रहेको फक्ताङ्लुङ दर्पण साप्ताहिक पत्रिकाको प्रकाशक दिलकुमार लिम्बूले बताउनुभयो ।
फक्ताङलुङ गाउँपालिका लेलेपस्थित सरस्वती च्यारिबुक माविमा २ लाख ५० हजार अक्षयकोष स्थापना,








