ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा हिरक महोत्सव सञ्चालन गर्ने गरिने भएको छ । कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले २०८२ साल बैशाख ५–७ गते सम्म ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको वडा नं ६ लेलेपमा हिरक महोत्सव आयोजना हुने भनी कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पत्रकार सम्मेलन गरेको हो । नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा आरोहणको ७० बर्ष पुराभएको अवसरमा कञ्चनजंघा हिरक महोत्सव आयोजना हुने व्यवस्थापन परिषद्ले जनाएको छ । संरक्षण क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रको प्रचार–प्रसार,पदयात्राका लागि,स्थानीयको संस्कार र संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम,उत्पादन,प्रवद्र्धनमा आधारित स्थानीय खाद्य परिकारको प्रवद्र्धन सहितका कार्यक्रम सञ्चालन गरीने भएको छ । भलिबल प्रतियोगिता अन्तर पालिका स्तरीय वा आमन्त्रित हुने भन्ने बारेमा पनि निर्णय भने बाँकी रहेको छ । कार्यक्रममा कञ्चनजंघा हिमाल आरोहण सफल भएका व्यक्ति जीवित नभएको अवस्थामा आरोहणकर्ता सदस्यका परिवार हरुलाई समेत आमन्त्रण गर्ने योजना रहेको कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । ताप्लेजुङको उत्तरी क्षेत्रलाई पर्यापटन बलियो सम्भावना भएको फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पाले बताउनु भयो । कञ्चनजंघा हिरक महोत्सव पछी संघीय राजधानी काठमाडौंमा राष्ट्रिय तहको कार्यक्रम सञ्चालन गर्ने पनी संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अन्र्तगत समृद्ध पहाड परियोजनाका कार्यक्रम हुने प्रकृया अघि बढेकोे र बेलायतमा समेत हिरक महोत्सव कार्यक्रम हुने समृद्ध पहाडका संयोजक चित्राकुमारी चंसु लिम्बूले बताउनुभयो ।,हिरक महोत्सवको कार्यक्रमका लागि ७२ लाख ६१ हजार रुपैयाँको अनुमानित लागत प्रस्ताव गरिएको कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।
फक्ताङलुङ गाउँपालिकाको वडा नं ६ लेलेपमा हिरक महोत्सव सञ्चालन हुने,








