समय : ०४:३९ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको साँवा तेम्बामा फङ्फङ्देन पर्यटन सांस्कृतिक महोत्सव

सेवालुङ खवर | मंसिर ११ गते २०८१

ताप्लेजुङ/ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको साँवा तेम्बामा फङ्फङ्देन पर्यटन सांस्कृतिक महोत्सव भएको छ ।फङ्फङ्देन पर्यटन विकास समितिको र मिक्वाखोला गाउँपालिका साँवाको आयोजनामा महोत्सव भएको हो । फुङ्फुङ्गे महोत्सव २०८१ को कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले उदघाटन गर्नु भएको थियो । महोत्सवको उदघाटनमा सम्बोधन गर्दै मन्त्री हाङ्गामले ताप्लेजुङ पर्यटनको हिसाबले महत्व बोकेको जिल्ला भएको बताउनु भएको छ । प्रदेश सरकारले पर्यटन वर्ष २०८१ घोषणा गरेको र पर्यटन प्रवद्र्धनको लागि सरकार र सकरात्मक रहेको उनले बताउनु भयो । मन्त्री हाङ्गामज्यूको उपस्थितिमा तेम्बा देखि फुङ्फुङ्गे झरनाको निरीक्षण साथै परिक्रमा पनि गरिएको थियो ।उक्त्त महोत्सवमा विभन्न राजनितिक दल स्थानीय जनप्रतीनिधी उस्थिती रहेको थियो । विशेष गरेर पर्यटन तथा साँस्कृतिक मेला लाई झरनाको पानी हेर्न सकिने मनमोहक आर्कशित बनाउने प्राकृतिक सौन्दर्य आन्तरिक तथा बाह्रय पर्यटकलाई विशेष अनुभव प्रदान गर्ने खेल तथा साँस्कृतिक स्थानीय परम्परागत रैथाने सांस्कृतिक कार्यक्रम, स्थानीय रैथान खाद्य,परिकार, र स्थानीय उत्पादनहरूको मेला प्रदर्शनीे मेलालाई समृद्ध बनाउने पर्यटन तथा साँस्कृतिक मेला संयोजक विजय साँबाले बताउनु भएको थियो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्