समय : ०४:३९ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको मिक्वाखोला गाउँ पालिकाद्धरा दुई दिन स्थानीय विदा,

सेवालुङ खवर | मंसिर ९ गते २०८१

२०८१ मंसिर ९, मदन गौतम / ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले फुङफुङ्गे झरना पर्यटन महोत्वसब तथा अध्यक्ष कप फुटबल प्रतियोगिताको लागि आईतबार र सोमबार दुई दिन स्थानीय विदा दिएको छ । पालिकाको वडा नं ४ साँबाको तेम्बामा शुक्रबारबाट सुरु भएको महोत्सवको लागि स्थानीय विदा दिएको र विदाको दिन गाउँपालिका कार्यालय र सबै वडा कार्यालयले प्रवाह गर्ने सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत विमल गौतमद्धारा जारी सुचनामा उल्लेख रहेको छ ।शुक्रबारबाट सुरु भएको फुङ्फुङगे झरना पर्यटन विकास समितिको आयोजनामा पालिकाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सव राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा साँस्कृतिक साथै मनोरञ्जनात्मक कार्यक्रमका साथ सोमबार समापन गरिने आयोजक समितीका अध्यक्ष बिजय साँबाले बताउनुभयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्