ताप्लेजुङ/ ताप्लेजुङको मिक्वा खोला गाउँ पालिका अवस्थित यहि मिती २०८१ मङ्सिर ७ देखि १० गतेसम्म फङ्फङ्देन झरना पर्यटन तथा साँस्कृतिक मेला लाग्ने भएको छ । पर्यटन तथा साँस्कृतिक मेला मङ्सिर ७ देखि १० गतेसम्ममा फङ्फङ्देन झरनाको दृश्यलाई राति समेत हेर्न मिल्ने गरी विशेष तयारी भइरहेको पर्यटन तथा साँस्कृतिक मेला अयोजकले जनाएको छ । क्षमता अनुसार फ्लास लाईग्ट जडान गरेर झरनाको दृश्यलाइ रात्रिकालिन झरनाको पानी हेर्न सकिने मनमोहक बनाउने र रातको समयमा पनि झरनाको पानी झर,झर भरीरहेको देखिने प्राकृतिक सौन्दर्यलाई झल्काउने मेलामा आउनु हुने आन्तरिक तथा बाह्रय पर्यटकलाई विशेष अनुभव प्रदान गर्ने पर्यटन तथा साँस्कृतिक मेला संयोजक विजय साँबाले बतानु भएको छ । रात्रिकालिन झरनाको अवलोकन पश्चात सँगै स्थानीय परम्परागत रैथाने सांस्कृतिक कार्यक्रम, स्थानीय रैथान खाद्य,परिकार, र स्थानीय उत्पादनहरूको मेला प्रदर्शनीे मेलालाई समृद्ध बनाउने भएको छ । उक्त्त पर्यटन तथा साँस्कृतिक मेला क्षेत्रलाई सुरक्षित र सहज बनाउन विशेष व्यवस्थापनका लागि स्थानीय समुदाय र संस्थाहरूबाट मेला आयोजक बाट सहयोग रहने अपिल पनी गरेको छ ।
मिक्वा खोला गाउँपालिकामा फङ्फङ्देन झरना पर्यटन तथा साँस्कृतिक मेला लाग्ने,








