ताप्लेजुङ,ताप्लेजुङको मिक्वाखोला गाउँपालिका साँबा तेम्बागाउँमा फुङ्फुङगे झरना पर्यटन मेला लाग्ने भएको छ । फुङ्फुङगे झरना पर्यटन मेला आयोजनामा खेलकुद सांस्कृतिक लगायत कलागला प्रदशन पनी गर्ने आयोजकले जनाएको छ । जिल्ला शाखा नेपाल पत्रकार माहासंघको सभाहलमा बुधबार पत्रकार सम्मेलन गर्दै फुङ्फुङगे झरना पर्यटन विकास समितिको आयोजनामा मेला लाउने तय गरीएको हो । पर्यटन मेलाको संयोजक तथा अध्यक्ष विजय साँवाका भनाई अनुसार पर्यटन मेलाको मुख्य आकर्षण फुङ्फुङगे झरना क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न र गराउन उद्देश्यले मेला आयोजना गरिएको साँवाले बताउनु भएको छ । यहि आउँदो २०८१ मङ्सिर ७ देखि १० गतेसम्म साँवाको तेम्बा गाउँमा पर्यटन मेला लाग्ने छ ।उक्त पर्यटन मेलामा पुरुष तथा महिला खुला फुटबल प्रतियोगिता गरीने भएको छ । मेलामा फुटबल प्रतियोगिता, खुल्ला वडा तथा क्लबस्तरीय प्रतियोगितामा विजेता र उपविजेताले पुरुषतर्फ क्रमशः एक लाख ११ हजार १११ र ६१ हजार १११ रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छन् । त्यस्तै महिलातर्फ विजेताले ५५ हजार १११ रुपियाँ, उपविजेताले ३१ हजार १११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै मेलालाई आर्कसण र सम्पन्न गराउनको लागी मिक्वा खोला गाउँपालिकाका प्रमुख भक्त्त कार्कीले गाउँपालिकासँगै सिङ्गो जिल्लाको पर्यटन प्रवर्ध्दन तथा विकासमा टेवा पुग्ने बताउनु भएको छ ।


फोटो : तस्विर बसन्त लिम्बू (लाबुङ)








