ताप्लेजुङ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका स्थित कुम्भकर्ण (फक्ताङलुङ) हिमाल आरोहणको क्रममा एक आरोही बेपत्ता भएको छ । बेपत्ता हुनेमा अमेरिकी नागरिक मिचेल गार्डनर बेपत्ता भएको हो । ७ हजार ७१० मिटर अग्लो यो हिमाल आरोहण गर्दै गर्दा गार्डनरलाई अत्यन्त तीव्र हावाको कारणले सम्पर्क विहीन भएको ताप्लेजुङ जिल्ल ाप्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहित कुमार शर्माले बताउनुभयो । ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपी डिसन प्रालिको व्यवस्थापनमा नेपाल आएका गार्डनर असोज २० गते ताप्लेजुङको घुन्सा स्थित शेर्पागेष्ट हाउसमा बास बस्नुभएको थियो । २१ गते बिहान उहाँ जन्नु हिमालको आरोहणमा निस्किएका थिए । प्रहरी निरीक्षक शर्माका अनुसार आरोहणको प्रारम्भिक दिनमै प्रतिकूल हावाले गर्दा गार्डनर बेपत्ता भएको आशंका गरिएको छ । असोज २१ पछि गार्डनरको सम्पर्क टुटेको खबर प्राप्त हुनासाथ सुरक्षा निकायले उहाँलाई खोज्ने प्रयास थालेको थियो । ताप्लेजुङ प्रहरीको टोलीले हिमाल क्षेत्रमा खोज तलास गरिरहेको छ भने स्थानीय गाइड रअन्य आरोहण दललाई समेत खोजीमा सहयोग गरिरहेको छ । तरखराब मौसम, अप्ठेरो भूगोल र हिमाली वातावरणका कारण खोजीकार्य चुनौतीपूर्ण बनेको शर्माले बताउनुभयो । जन्नु हिमाल, संसारकै अग्ला हिमालमध्ये एक, साहसी पर्वतारोहीका लागि एकदमै चुनौती पूर्ण स्थलका रूपमा चिनिन्छ । यस हिमालमा कठिन भूगोल र अत्यधिक उच्चताका कारण आरोहण जोखिमपूर्ण बन्ने गर्दछ । अमेरिकी नागरिक गार्डनरका परिवार तथा ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिले उहाँको खोजी कार्यलाई अघि बढाउन सक्दो प्रयास गरिरहेको छ । साथै, नेपाली सुरक्षा निकाय रस्थानीय अधिकारी हरूबीच लगातार समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सम्पर्कविहीन भएको पाँच दिन पुग्दा समेत गार्डनरको अवस्था अज्ञात रहेकाले सम्भावित सुरक्षित स्थानहरूमा खोजी जारी राखिएको छ । हिमाल आरोहणका लागि पुगेका अन्य विदेशी पर्यटक तथा स्थानीयहरूले पनि खोजी कार्यमा सहयोग गरिरहेका छन् । तर,प्रतिकूल मौसमका कारण खोजी कार्य सुस्त भएको बताइएको छ ।
कुम्भकर्ण हिमाल आरोहणको क्रममा एक अमेरिकी नागरिक बेपत्ता








