ताप्लेजुङ सिरिजंघा गाँउपालिका वडा ३ का वडा अध्यक्षले राजीनामा दिएका छन ।सिरिजंघा गाँउपालिका अध्यक्षलाई सम्बोधन गरेर वडा अध्यक्ष दिलप्रसाद बोखिमले आफनो अस्वस्थ्यताका र घरायसीका कारण केही दिनमै फर्कन्छु भनेर विदेश हिडेको तर तत्काल फिर्न सक्ने अवस्था नरहेको उल्लेख गदै २०८१ साल असोज १८ गते देखि लागु हुने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेकाछन् । राजीनामा पत्रमा वडा अध्यक्षले भनेका छन मेरा घरायसी र ब्यवहारी कारणले पुरा अवधि जनताको सेवा गर्न पुरा अवधि जनताको सेवा गर्न नपाएकोमा दुख ब्यक्त गर्दै राजीनामा स्वीकृत गर्दै नियम अनुसार कार्वाही अगाडी बढाउनका लागि मञ्जुरी प्रदान गरेको उल्लेख गरेको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङलाई बोधार्थ समेत दिएकाछन् ।साभार:-मदन गौतम बाट









