समय : ०३:४९ pm | आइतबार , भाद्र २८ गते २०८३

विद्युत र इन्टरनेट नहुँदा मेरिङदेन गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण स्थगित,

सेवालुङ खवर | असाेज १६ गते २०८१

ताप्लेजुङ ,असोज १४ गते ताप्लेजुङ जिल्लाको मेरिङ्देन गाउँपालिकामा विद्युत र इन्टरनेट सेवा नहुँदा सामाजिक सुरक्षा भत्ता वितरण अर्को सूचना प्रकाशन नहुन्जेल स्थगित भएको छ । गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत भिम बहादुर सुब्बाद्धारा हस्ताक्षरित सूचनामा विद्युत र इन्टरनेटमा समस्या भएकाले अर्को सुचना जारी नहुन्जेल सामाजिक सुरक्षा भत्ता वितरण स्थगित गरिएको उल्लेख छ । देशभर परेको अविरल वर्षाले विद्युत,इन्टरनेट तथा सडक लगायत चौतर्फी क्षेत्रमा क्षति पुर्याएको छ । गाउँपालिका प्रमूख प्रशासकीय अधिकृत सुब्बाले भने,‘असोज १३ गतेदेखि नै भत्ता वितरणको तयारीमा थियौ । तर मौसम बाधक बन्यो ।’ यद्यपी विद्युत र इन्टरनेट समस्या समाधान भएमा र बैंकको सिस्टम चल्ने वित्तिकै अर्को सूचना प्रकाशन गरि भत्ता वितरण गर्ने गाउँपालिकाले जनाएको छ । दशैको मुखमा सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा समस्या हुने भएकाले संम्भवत दशै अगावै वितरणको प्रयास गरिने गाउँपालिकाले जनाएको छ । साभार:-रेडियो ताप्लेजुङ ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्