ताप्लेजुङ,ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले वाडा नं ३ लिवाङ गाउँका स्थनीयलाई ग्यास सिलिन्डर र चुल्हो बितरण गरेको छ । गाउँपालिकाले वाडा नं ३ लिवाङ गाउँका ३ सय ८५ घर धुरीलाई ग्यास सिलिन्डर र चुल्हो बितरण गरेको हो । एक घर परिवार कालागि एक थान ग्यास र एक सेट चुल्हो बितरण गरेको छ । यसका लागि गाउँपालिकाले २७ लाख र मेवा डेभलपर्स लिमिटेड १० लाख रुपैयाँ लगानी लगेको थियो । वाडा नं ३ लिवाङ गाउँका स्थनीयलाइ धूवाँबाट मुक्त गराउन र दाउराको प्रयोग घटाउन जंगलकोपनि संरक्षण तथा‘धुवाका कारण आँखाको समस्यापनि कम हुने गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीले बितरण कार्यक्रमा बतउनु भएको थियो । यसअघि वडा नम्बर १ मा ग्यास सिलिन्डर चुल्हो र इन्डक्सन चुल्हो वाडा नं ३ का वडाध्यक्ष मचिन्द्र कुमार लिम्बू लगायतको सहभागिता बितरण कार्यक्रम रहेको थियो ।
मिक्वाखोला गाउँपालिकाले स्थनीयलाई ग्याँस सिलिन्डर र चुल्हो बितरण,








