ताप्लेजुङ ,ताप्लेजुङमा पहिरोसँगै आएको ढुङगाले लागेर फक्ताङलुङ गाउँपालिका ३ तावाकी २६ वर्षीया महिला निर्मला गुरुङको मृत्यु भएको छ । सदरमुकाम घर फर्कने क्रममा शनिबार दिउँसो करिब साढे २ बजे रोकिराखेको मे १ ज १३६२ नम्बरको पिकअपमा माथिबाट पहिरोसँगै आएको ढुङगाले लागेर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानाएको छ । तमोर करिडोर अन्तर्गत फक्ताङलुङ गाउँपालिका ३ खेसेवामा पहिरोले सडक अबरुद्ध गरेपछि पन्छाउन चालक सहित यात्रुहरु भने बाहिर निस्किएका थिए । मृतक गुरुङ भने गाडी भित्रै रहेको समयमा अचानक पहिरोसँगै माथिबाट झरेको ढुङगाले लागेर टाउकोमा गम्भिर चोट लागेको थियो । घाईते गुरुङलाई उपचारको लागि साँझ जिल्ला अस्पताल ताप्लेजुङ ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेको थियो । गाडीका सवार अन्य यात्रुहरु भने सकुसल रहेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङमा पहिरोसँगै आएको ढुङगाले लागेर एक महिलाको मृत्यु,








