ताप्लेजुङ,भदौ २१ ताप्लेजुङको फुङलिङ नगरपालिकाले नगरपालिका भित्र यातायातका सवारी साधन तथा शैक्षिक संस्थाहरुमा बन्द हड्ताल गर्न गराउन नपाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको ४५ औं बैठकले गरेको उक्त निर्णय कार्यान्वयनको सहयोगका लागि लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरि सकिएको नगर पालिकाले जनाएको छ । नेपालीहरुका चाडपर्व तथा पाथीभरा आउने तीर्थ यात्रीको व्यवस्था पनमा सहजताका लागि उक्त निर्णय गरिएको नगर पालिकाले जनाएको छ । उता, मुक्कुम्लुङ छोड आन्दोलन घोषणा गरेको पक्षले भने भदौ २४ गते देखि केवलकार निर्माणको लाइसेन्स खारेज नभए सम्मका लागि भन्दै फुङलिङ देखि काफ्लेपाटी सम्म यातायात बन्दको घोषणा गरेका छन् । साभार उज्यालो पोष्ट बाट
ताप्लेजुङको फुङलिङ नगरपालिका भित्र बन्द हड्ताल गर्न गराउन नपाउने








