समय : ०२:३५ pm | आइतबार , भाद्र २८ गते २०८३

बाढी पहिरो पिडत स्थानीयहरुलाई पुतली योजना संस्थाद्धरा सहयोग राहत वितरण

सेवालुङ खवर | भाद्र ९ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बाढी पहिरोले पिडत स्थानीयहरुलाई पुतली योजना संस्थाले सहयोग राहत वितरण गरेको छ । गत महिना जेठ ३१ गते राती गएको पहिरोले क्षति बनाएको पिडत स्थानीय हरुलाइ पुतली योजना संस्थाले सहयो राहत वितरण गरेको हो । विस्थावित भएका ७ परिवारलाई आवश्यक खाद्यन्न अन्य सामाग्रीहरु वितरण गरेको छ । पिडत स्थानीय विस्थावित भएका लाई ६० के.जी चामल ,१० के.जी दाल, १० के.जी मैदा, ५ के.जी नुन, ५ के.जी चिनी, ३ लिटर तेल,र २काटुन चाउचाउ गरेको पुतली योजना संस्थाले जनाएको छ । उक्त राहत कार्यक्रम फक्ताङ्लुङ गाउँ पालिकाको समन्यमा फक्ताङ्लुङ गाउँपालिकाले जनाएको छ । पुतली योजना संस्थाले कुल ५ लाख ५८ हजार रुपयाँ बराबरको रहत समाग्री वितरण गरीएको पुतली योजना संस्थाका दावा छिरीङ शेर्पाले बताउनु भएको छ ।

तस्विर सामाजिक संजाल बाट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्