२०८२ चैत्र २८ ताप्लेजुङ तमोर टेलिभिजन ताप्लेजुङ को प्रस्तुति याक्थुङ मुन्धुममा आधारित चलचित्र छुट्टिएको गाउँको ट्रेजर सार्वजनिक भएको छ । चलचित्रमा सिक्किम ,दार्जिलङ, नेपालका चर्चित कन्टेन्ट क्रिएटरहरूले अभिनय गरेका छन् । चलचित्र याक्थुङहरूको जन्म देखिको मृत्यु सम्मको संस्कार र सभ्यता सुरु भएको ठाउँ तमोर खोलाको मुन्धुम स्थलहरूमा छायाँकन गरिएको हो ।यस चलचित्रमा विशेष भूमिका याक्थुङ स्टारका अन्जना नाल्बो/ रबिनले लेछर्बो साथै चर्चित कन्टेन्ट क्रिएटरहरुले अभियान गरेका छन् । चर्चित कन्टेन्ट क्रेटर स्टार सप्पन सुब्बा /दार्जिलिगङ बुद्ध सुब्बा /सिक्किम लक्ष्मी फुरुम्बो लिम्बु/सिक्किम नाजम लिम्बू /सिक्किम नासम लिम्बु /सिक्किम नरेन्द्र लिम्बु/ झापा दमक हाङद्रुङ बोइस ताप्लेजुङ परिवार सन्जिता धिमाल/ पत्थरी शनिचार्य मोरङ नासपातेनी कान्छी गीता माङ्बुहाङ /तेह्रथुम डम्बर राज राई /मेनुका गुरुङ /सिक्किम मोडल हिमाल लेछर्बो लिम्बू, अपसु लिम्बु, दिलमान बेगा लिम्बू, साम्यहाङ लिम्बु,तेह्रथुम येबा साम्बा साथै अन्य चर्चित धेरै कलाकारहरुले अभिनय गरेका छन् । हराएर गईरहेको याक्थुङ मुन्धुम र मुन्धुम स्थल साथै तमोर सभ्यतालाई विश्वभरि प्रचार प्रसार गर्ने उद्देश्यले यो याक्थुङ मुन्धुममा आधारित चलचित्र छुट्टिए गाउँ निर्माण गरेको हो । याक्थुङ मौलिकता बचाउ अभियान्ता ब्रोसेस माबोहाङ लिम्बु भन्नुहुन्छ चलचित्रले याक्थुङ लिम्बुहरूको मौलिक संस्कार संस्कृति हराएर गएको मौलिक मुन्धुमहरूलाई पूर्ण उत्थान गर्नेलाई ठूलो भूमिका खेल्नेछ । चलचित्र चाँडै आउँदैछ देश विदेशमा रहनुभएका याक्थुङ साथै गैर याक्थुङहरूले एकपल्ट यो चलचित्रलाई हेरी के कस्तो छ त सल्लाह सुझाव दिनुहोला सेवारो । चलचित्र निर्देशक मुन्धुम स्थल खोज अनुसन्धान कर्ता मुन्धम कथा संकलक याक्थुङ स्टारका CEO ब्रोसिस माबोहाङ लिम्बू producer/क्यामेरा/ एच.के. आर /एडिट /मुहक प्रो.डक्सन, / गायक तथा मोडल प्रमिता फियाक लिम्बु /प्रमुख सल्लाहकार कल्पना साम्रा लिम्बु हाल युके सार्वजनिक हुने च्यानलहरू Yakthung Star Youtube channel -याक्थुङ स्टार

फोटो तस्विर : CEO ब्रोसिस माबोहाङ लिम्बू -याक्थुङ स्टार,





