काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी चलचित्रकर्मी उदय सुब्बा चलचित्र निर्माता संघ(Film Producers Association)को अध्यक्ष पदमा निर्वाचित भएका छन्। चलचित्र निर्माण, व्यवस्थापन र कलात्मक क्षेत्रको विकासमा लामो समयदेखि सक्रिय सुब्बा नेतृत्वमा संघले अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा राखिएको छ ।
उदय सुब्बाको विजयसाथै चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्व, कलाकार, निर्माता तथा शुभेच्छुकले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। यसै क्रममा उदय सुब्बा लाई अध्यक्ष पदमा निर्वाचित भएको अवसरमा हार्दिक बधाई तथा सफल कार्यकालको सामाजिक संजाल मार्फत आफ्ना शुभेच्छुकहरुले शुभकामना व्यक्त गरेका छन ।
सुब्बा नेपाली चलचित्र उद्योगमा विगत दुई दशकदेखि सक्रिय रहँदै आएका छन्। उनी संस्थागत विकास, उद्योगमा देखिएका चुनौती समाधान तथा नयाँ पुस्ताका सिर्जनाकर्मीलाई प्रोत्साहन गर्ने पक्षधर मानिन्छन्। उनको नेतृत्वमा संघले चलचित्र क्षेत्रका विभिन्न समस्या समाधान, नीति सुधार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रको पहिचान विस्तारमा महत्त्वपूर्ण काम गर्ने अपेक्षा गरिएको छ।
उहाँको नेतृत्वमा चलचित्र उद्योग अझ संगठित, पारदर्शी र प्रतिस्पर्धी बन्ने विश्वास चलचित्रसंग सम्बन्धित विभिन्न संघ–संस्थाले व्यक्त गरेका छन्। चलचित्र निर्माता संघको अध्यक्षमा विजयी हुँदै बधाई तथा शुभकामना प्राप्त गर्दै उदय सुब्बा अहिले सामाजिक संजालमा भाईरल समेत बन्न पुगेका छन ।





