समय : ११:४७ am | शनिबार , भाद्र २७ गते २०८३

मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

सेवालुङ खवर | मंसिर ९ गते २०८१

काठमाण्डौं रोशन पोख्रेल/ पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका राईको स्वर रहेको छ । गीतकार चन्द्र जयपाल राईको शव्द संकलन तथा बसन्त सापकोटाको संगीत संयोजनमा रहेको पुर्वेली लोक भाका सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै मागी बिवाह गर्ने र भगाईलाने कुरामा दोहोरी चल्ने रोमान्टिक भाव गीतमा प्रस्तुत गरिएको छ । विक्रम डिसीको छायाँकन , मनोज कार्कीको सम्पादन तथा विल्सन विक्रम राईको निर्देशनमा भिडियो तयार गरिएको छ । मौलिक पुर्वेली लोक भाकामा प्रस्तुत गरिएको गीतमा सस्कार र सस्कृतिलाई समेटिएको गायिकाले बताइन । गीतको भिडियोमा विल्सन विक्रम राई , एलिसा राई , सोनाम तामाङको अभिनय तथा नृत्य देख्न सकिन्छ ।भिडियो हेर्नुहोस https://www.youtube.com/watch?v=DgAxX56ghVQ

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्