सिकिम/ निश्चल चेम्जोङ “याक्थुङ सा“ याक्थुङ स्टार सिजन २ का अन्तराष्ट्रिय कोअर्डिनेटर श्री डम्बराज राईको नेतृत्वमा बैठक बसिएको थियो । उक्त बैठकमा सिक्किम राज्य भूपूमन्त्री तथा हाल सिक्किम सीएम सल्लाहकार सिएम. जिएम. गुरुङ ज्यूसँग बसिएको थियो । सो बैठकमा गुरुङले मौलिकता र पहिचानको बारेमा सकारात्मक विचार राख्नुभएको थियो । बैठकपछि सब सिक्किम को प्रख्यात ठाउँहरू घुमाउनको लागि याक्थुङ स्टार सिजन २ का अन्तर्राष्ट्रिय कोअर्डिनेटर तथा समाजसेवी डम्मरराज राईज्यूको मुख्य भूमिका पनी रहेको थियो । उक्त टिममा सिक्किम बाट समाजसेवी तथा अभियान्ता हाङकिम लिम्बु,सुरज राई, सुरज र मेनुका राई, लगायत अन्य व्यक्तित्व हरूको भूमिका रहेको थियो । र हिन्दुहरूको महान चाड बडा दशैंको उप लक्ष्यमा नेपाल र मित्र राष्ट्र भारतको सिक्किममा शुभकामना आदान–प्रदान पनी गरेका थिए । उक्त बैठकमा याक्थुङ स्टार का अध्यक्ष तथा सीइओ ब्रोसिस माबोहाङ नालीगेन वेन्सा याक्थुङबाले शुभकामना आदान–प्रदान गर्नुभएको थियो । सो कार्यक्रमको फाइनलमा नेपालबाट मात्र नभएर भारतको सिक्किम बाट मन्त्री,तथा विभिन्न संघ संस्थाका व्यक्तित्वहरूको प्रमुख अतिथि, लगायत विशिष्ट अतिथि, र अन्य अतिथि को आगमन हुने संघका अध्यक्ष तथा सीइओ ब्रोसिस नालीगेन वेन्सा माबुहाङ ज्यूले जानकारी गराएका छन् । सो कार्यक्रममा अतिथि गणहरूलाई ईन्बिरी याङथाङवा खासम् अवार्डले सर सम्मान गर्ने समेत बताउनु भएको थियो । उक्त बैठकका सहजीकरण अभियान्ता तथा सञ्चारकर्मी निश्चल चेम्जोङ “याक्थुङ सा“ गरेका थिए ।


फोटो निश्चल चेम्जोङ “याक्थुङ सा“








