समय : १०:०० pm | सोमबार , जेठ १८ गते २०८३

उपत्यका मादेनहरुको पुनर्गठन र राम मादेनलाई सम्मान,

सेवालुङ खवर | जेठ १६ गते २०८३

काठमाडौँ जेठ १६ गते शनिवार, मादेन फेन्दुवा जनकल्याण केन्द्र उपत्यका "समितिको पुनर्गठन र सम्मान समारोह" स्थानीय अनामनगरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सन्तोष कुमार मादेनको सभापतित्वमा भएको उक्त समारोहमा उपाध्यक्ष शिव मादेन, सचिव देशकुमार मादेन, सहसचिव मोहन मादेन कोषाध्यक्ष गणेश मादेन र सदस्यहरूमा कुमार मादेन, डाक्टर अस्मिता मादेन, सिजी पिङ/चन्द्र मादेन, भुपेन मादेन, सुरेन्द्र मादेन र चलचित्र नायक इअन मादेन चयन हुनुभएको छ, भने सल्लाहकारहरूमा भुपु ब्रिटिस सैनिक एवं ज्येष्ठ नागरिक दुर्गा मादेन र अधिवक्ता एवं प्राध्यापक दिलिप मादेनलाई निर्विरोध चयन गरिएको छ । त्यस्तै पुराना कार्यसमितिका सदस्यहरू अनु मादेन हाल अमेरिका, प्रीतम मादेन, प्रेम मादेन र उत्तम मादेनहरूलाई समितिमा यथार्थ राखिएको छ l उक्त समारोहको प्रमुख अतिथि मादेन परिवारका केन्द्रीय उपाध्यक्ष एवं विदेश विभाग प्रमुख राम मादेन नेपाल सरकारको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी प्रमुखमा नियुक्त हुनुभएकोमा ताम्रपत्र सहित सम्मान गरिएको थियो । सो समारोहलाई साहित्यकार चन्द्र मादेन आन्छन, डाक्टर अस्मिता मादेन, व्यावसायी तारा श्रेङ्ग मादेन र पहिचानवादी योद्धा एवं समाजसेवी चन्द्र मादेनले आ-आफ्नो अवधारणा सहित मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमको उद्घोषक सहसचिव एवं कलाकार मोहन मादेनले गर्नुभएको थियो भने अन्तिममा अध्यक्ष सन्तोष कुमार मादेनले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिँदै आगामी केही महिना पछि सामुहिक साकमुरा वादेम्बा (गालि-श्राम बगाउने) कार्यक्रम रहेको जानकारी दिँदै कार्यक्रमको औपचारिक विसर्जन गर्नुभएको थियो ।स्मरणीय रहोस; मादेन/लिम्वुहरुको थाथ्थलो लिम्वुवान ताप्लेजुङको फुङलिङ स्थित हाङदेवा ९ मा पर्यटकको निम्ति जग्गा सहित रु. ४ करोड ज्यादाको लगानिमा मादेन गणी (माङ्गेना योक) संग्राहलय वनिन्दैछ । -चन्द्र मादेन इन्छन,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्